Skip to main content

Posts

Showing posts from May, 2023

सु – स्वागतम

म रविन न्यौपाने हुँ र अहिले किर्तिपुरमा बस्छु। केहि समय अघि सम्म नेपालको चर्चित मध्यको एक डिजिटल मिडिया सेतोपाटी डट कममा भिडिओ जर्नालिष्टको रुपमा काम गर्थे तर अहिले काम छाडेर खाली बसिरहेको छु अझै भनम वेरोजगार। यो खाली समयको सदुपयोग गरि अहिले म केहि ब्लग लेख्ने कोसिस गरिरहेको छु। र यो मेरो पहिलो ब्लग हुनेछ। सकेसम्म मेरा ब्लगहरु शुद्ध र अध्ययन योग्य बनाउने कोसिस गर्नेछु तर म मेरा विचार लेख्ने मनसायले यो ब्लगस्पट बनाएकोले यसमा सन्तुष्ट नहुनु भयो भने सामान्य प्रतिक्रियाबाट आफ्ना विचार र सुझावहरु दिन आग्रह गर्दछु। मेरा ब्लगहरु विभिन्न विषयमा आधारित गर्ने कोषिस गर्नेछु र यिनिहरु सामान्य मेरा दैनिकीहरुसँग सम्बन्धित हुनेछन्। मैले हरेक दिन सकेसम्म एउटा ब्लग लेख्ने कोसिस गर्नेछु ताकि यसले मेरो लेख्ने बानी बसोस तथा दैनिक हुने घटनालाई मेरा ब्लगहरुमा समाहित गर्ने कोषिस गर्नेछु जसले मलाई दैनिकि लेखेजस्तो पनि हुनेछ भने सामान्य जीवनमा घट्ने घटनालाई फरक तथा गहन तरिकाले विष्लेषण गर्ने क्षमता वृद्धि हुनेछ। म तपाईहरु मेरो यो नयाँ यात्रामा स्वागत गर्न चाहन्छु र मैले लेखेका ब्लगहरु पढ्ने प्रयास गरि आफु