Skip to main content

क्यारामबोर्डका गोटीसँग मिल्दोजुल्दो जिन्दगी

नेपालका चर्चित कवि भुपि शेरचनको एउटा कविता छहामीजसमा कुनै पन्तिमा शेरचनले भनेकाछन्ः 

हामी आफुखुसी कहिल्यै मिल्न नसक्ने

कसैले मिलाईदिनुपर्ने,

हामी आफुखुसी कहिल्यै छुट्टिननसक्ने

कसैले छुट्यादिनुपर्ने

हामी आफुखुसी कहिले अगाडी बढ्न नसक्ने

कसैले पछाडीबाट हिर्काउनेपर्ने, हिडाउनुपर्ने

हामी रंगरोगन छुटेका,

टुटेका,फुटेका

पुरानो क्यारामबोर्डका गोटी हौ‍


 

 

यो कथासँग भुपिको कुनै साइनो छैन मात्र यो एउटा स्थानीय क्यारमबोर्डको खेलको कथा हो। हामी खेल्ने किर्तिपुर, पाँगाको क्यारमबोर्डमा गोटीहरु फुटेका छैनन् यहाको स्टाईकरमात्रै फुटेको छ। तपाई सोच्नुहोला यसमा कुनै अर्कै अर्थ छ कि जसरी भुपिले भनेकाछन्। तर यहाँ साच्चै नै क्यारमबोर्डका गोटीमा समस्या छैन स्टाइकरमा मात्रै छ। स्टाइकरको सानो भएर र हान्दा हान्दा छेउछाउबाट फुटीसकेको छ तर पनि हामीहरु यि गोटीहरुलाई मिलाई मिलाई स्ट्राइकरले हानेर दुलो भित्र छिराउछै र आनन्द लिन्छौ।

यो स्थानीय क्यारामबोर्डको कथा हो जहाँ हामी खेल्छौ र क्यारमबोर्ड खेल्दा हाम्रो खर्च सामान्यतय बोर्डका मालिक विनोद दाईलाई ५० प्रति खेल तिर्ने मात्र हो। म क्यारमबोर्ड खेल्न लागेको यहाँ २ वर्ष भन्दा धेरै भयो तर हामी प्राय बाजी खेल्दैन थियौ तर एक दिन केहि मान्छेहरु आए जो र त्यस मध्यको एक गोरो, अग्लो,मोटो मान्छेले मलाई भन्योः ‘तपाईले त साँच्चै राम्रो हान्नुहुँदो रहेछ।’ मैले हाँस्दै उत्तर दिए ‘अलि अलि हान्छु’ त्यो खेल हामीले जित्यौं हार्नेहरु साथीहरु थिए। त्यसैले जब हामी खेलिरहेका हन्छौ हारेपछि अरु कसैलाई सिट खाली गर्ने चलन हुन्छ त्यसैले उनीहरुको लागि ठाँउ खाली गरिदिए।

उनीहर मध्य एउटा अग्लो मोटो केटा जसलाई देख्दा मलाई कुनै फिल्मको गुण्डाको याद आउछ(उसको नाम मैले अहिलेसम्म पनि सोधेको छैन त्यसैले उसलाई मोग्याम्बो हिन्दी फिल्मको खलनायकको नाम दिन्छु)। मोग्याम्बो र अर्को एउटा केटा जो पातलो र ठिक्कको हाइटको थियो (उसको नाम म क्राइम मास्टर गोगो भन्छु किनभने उ हेर्दा शक्ती कपुर जस्तै लाग्छ) दुई जना हाम्रो अर्को साइडमा खेल्न बसे। उनीहरुको समूहका सबैको सुर्ती खाने बानी छ प्राय गुट्का खाँदै पिचिक पिचिक थुकिरहेका हुन्छन्।

मैले गोटी मिलाउदै थिए त्यतिकैमा मोग्याम्बोले भन्योः दाई हामी बाजी हानम है

म सँग खेलिरहेको मोटे अंकलले भन्नुभयोः हामी यहाँ बाजी खेल्दैनौ। उसले मिलाएर भन्योः होइन बरु थोरै हानै तर बाजी खेलेन भने त मात्तिएर हानिन्छ खेल बिग्रिन्छ। बरु ५० रुँपैया हानम।

मैले नखेल्ने भनिरहेको थिए मेरो टिमबाट खेल्नुभएका मोटे अंकलले भन्नुभयोः हुन्छ खेलम न त ५० त हो नि।

अंकलले भनेपछि म पनि नाई भन्न अफ्ठ्यारो भयो त्यसैल् हुन्छ भने। उनीहरुले पहिलो पटक हात नै लागेको छैन भन्दै पहिलो बोर्ड हामीलाई जित्न दिए। त्यसपछि उनीहरुले हामीलाई २९ का विरुद्ध ६ बनाएर जिते त्यो पनि जम्मा ३ फोर्डमा म एकछिन् अंकलसँग हासे र ५० रुपैया तिनीहरुलाई र २५ रुपैया विनोद दाईलाई दिएर फर्के।

 

त्यसपछि पनि एकदुई दिन क्यारमबोर्ड खेल्न जाँदा मलाई उनीहरु पहिला तपाई त राम्रो हान्नुहुँदो रहेछ तपाई म खेल्दिन भन्थे तर उनीहरु मलाई कैले के भनेर तारिफ गर्ने कहिले के भनेर तारिफ गर्ने गर्थे तर मैले मान्दिन थिए। तर तेस्रो दिन जाँदा मेरो आफ्नै दाई र क्यारमबोर्ड मालिक विनोद दाई मिलेर उनीहरु दुई जनासँग क्यारमबोर्ड खेलिरहेका रहेछन्। हेर्ने मान्छेको घुइँचो लागेको थिए। कम्तिमा पनि १५, २० जना मानिस क्यारमबोर्डको अगाडी झुम्मिएका थिए। म त्यो बाजी दाई र विनोद दाईले जिते। त्यसपछि उनीहरुले फेरि खेल्ने भन्न थाले। दाई र विनोद दाईले पनि हुन्छ खेलम न त भन्दै खेले तर यो भन्दा अगाडीको खेलमा दाईहरुको स्पोन्सरमा एउटा हाइट कम भएको साथी(सबैले उसलाई छोटु भन्ने गर्छन)ले गरेको रहेछ। खेलमा एक खेल मेरो दाईहरुले र अर्को खेल उनीहरुले जितेर खेल बराबरी भयो। खेल पुनः खेल्ने भन्दै थिए तर विनोद दाईले पसल हेर्नुपर्ने भयो भनेर खेलेनन्। त्यसपछि अर्को दिनपनि उनीहरु आए बाजी खेलम भने दाईहरु खेले छोटुले स्पोन्सर गर्यो र बराबरी भयो तर एकदुई दिनपछि उनीहरुले जित्न थाले र त्यसपछि एक दुई हप्तासम्म उनीहरुले खेल जितिरहे भने दाई र विनोद दाई हारीरहे। हाम्रो छोटुले स्पोन्सर गरिरह्यो। एक दिन म क्यारमबोर्ड खेलिरहेको बेलामा उनीहरु आए र बाजी खेलन भन्न थाले। मैले मोटे अंकलले र अरुले पनि हामी बाजी खेल्दैनौ भन्दै थियौ। सबैले खेल हामी लोकल मान्छेहरु खेल खेलिरहेका थियौं।

उनीहरुले हामीलाई त्यसोभए हामी बाजी खेल्छौ नि त छोडिदिनुहोस् भने त्यसपछि मोटे अंकलले रिसाएर के क्यारमबोर्ड बाजी खेल्नेको मात्रै हो हामी खेल्न नपाउने हामी अंकल एकछिन कड्किनु भयो। त्यसपछि उनीहरु रातो हुँदै हैन यो बोर्ड त सक्नुस हामी उत्तिखेरै बाजी सकेर गईहाल्छौ भनेर हो भन्यो तर अंकल र मलाई रिस उठ्यो र मैले भनेः ‘यहाँ कोहि पनि तपाईहरुसँग बाजी खेल्दैन हेर्छौ को खेल्दोरहेछ।’ यति भनेपछि उनीहरु सबैले मलाई एकछिन घोरिएर हेर र एकजनाले भन्योः अस्ति हामीसँग हार्नुभएको थियो दादाले कराउनु भएछ होला्।(उनीहरुलाई त्यसको केहि दिनमा )

 

 

 

 

 

     आनन्दपनि जित्दा हुन्छ नत्र हार्दा त नमज्जा नै हुन्छ नि खाजा खाना पुग्ने रु २५ रुपैया प्रति व्यक्ति बुझाउनुपर्छ। त्यो पनि जम्मा २९ सम्मको खेलको । २९ जस्ले पहिले पुर्यार्यो त्यसैले खेल जित्यो। 

     क्यारमबोर्ड मालिक हुन् विनोद दाई जसले एउटा चिया पसलमा क्यारमबोर्ड चलाएर बसेकाछन्। उनी क्यारमबोर्डका जोडदार खेलाडीपनि हुन्। चिया पसलसँग उनकै बुवाको काठ सम्बन्धी काम गर्ने पसल भएकोले यो एरियाको सबैभन्दा राम्रो बोर्ड बिनोद दाईकै हो भन्न सकिन्छ।

किर्तिपुरमा बस्ने विद्यार्थी र बेरोजगार युवाहरुको लागि क्यारमबोर्ड समय बिताउने सबैभन्दा उत्तम विकल्प भएको छ। तर बेरोजगार भन्दा रोजगार पनि यहा बोर्ड खेल्न आउने गरेको देखिन्छ।

दिउँसो लगभग १ वा २ बजे तिर सुरु हुने क्यारमबोर्ड साँझ ८,९ बजे सम्म चल्छ।

लामो समय देखि खेल्दै गरेको यो क्यारमबोर्डमा केहि समय देखि बाहिरका ७ ८ जनाको समूह आउन थालेको छ। जसले जसलाई पनि उक्साहटमा पार्ने र बाजी मात्रै खेल्ने भन्ने सोच राख्छ। केहि मानिस मानिस 

यहि क्यारामबोर्डमा अहिले केहि बाहिरका मान्छे आउन थालेकाछन् जो क्यारमबोर्ड खेल्न अत्ति माहिर छन् यिनिहरु एक दुई जना होईन ७ ८ जनाको समूह नै छ जो क्यारामबोर्ड खेल्न माहिर छन्।

उनीहरुमा एकजना अग्लो र मोटो मान्छे छ उनीहरु प्राय सुदरपश्चिमको तराई क्षेत्रका छन्। उसँगै अर्को एकजना एउटा ५.६ फिटको केटा छ जसले सधै पराग वा गुट्का खाईरहेको हुन्छ भने एक जना छ जो पातल र एकदम अग्लो छ तर कहिल्यै क्यारामबोर्ड भने खेल्दैन्। उनीहरुसँगै एक दुईजना अरु केटाहरुपन छन् जो क्यारमबोर्ड खेल्न माहिर छन्। उनीहरु प्रायले गुट्का र चुरोट खान्छन् र हास्ने र मजाक गर्ने गर्छन् आवाज बाट प्राय नराम्रा मान्छेको छनक दिदैनन् तर उनीहरु जहिले हामिलाई बाजी मात्रै खेलम भन्छन् ।

 

म अरुलाई त केहि भन्दिन तर तिनिहरुको सरदारले मलाई सधै तपाई राम्रो खेल्नुहुँदो रहेछ भन्दै ल तपाई र म बाजी खेलौ भन्दै उत्साहट गर्छ।

मैले एकदिन उसलाई यहि बिषयमा नमज्जासँग कराए। त्यहाँ भएका सबैजना उनीहरुको विरुद्ध बोल्न थाले र यो एरियाका अंकलहरु पनि बाजी खेल्दा आफुहरु खेल्न नपाएको भन्दै रिसाएजस्तो गरेपछि उनीहरु धेरै बोल्न सकेनन र मलाई एकदिन दुई सय हारेको कारण मेरो दाईले गाली गरेको कारण म रिसाएको भन्दै उनीहरुको समूह त्यहाँबाट हिड्यो र त्यसको धेरै दिन सम्म त्यहा फर्किएन

 आज भने उनीहरु आए र हेरेर बसे। बाजी चलिरहेको थियो विनोद दाइ र मेरो दाइ अरु दुई जना नयाँ मान्छेहरुसँग बाजी खेलीरहेका थिए। दाईहरु हारेपछि हामीहरु एक बोर्ड हानौ भनेर अगाडी सर्यो। तर उनीहरुले एकपटक बाजी खेलौ भनेर हाम्लाई हटाउन खोजे र बाजी ५०० सय ५०० को हुने हुँदा हामीले पनि छोडिदियौं तर उनीहरुले पनि बोर्डको मैदा हटाएर खेल्न सुरु गरे। मलाई रिस उठेर बाहिर हिडे। त्यतिनै बेला त्यो गोरे अग्लो र मोटे दाई भनौ सट्टेबाज समूहको नाइके आएर मलाई खुसुक्क भन्योः भाई तपाई नरिसाउनु है बाजी खेलिरहेको भएर मात्रै हो हामी खेलेको यसपछि तपाईहरु नै खेल्नुहोला। 

म केहि बोलिन अकमक्क भए। सायद उ मान्छे गलत होइन होला उसलाई हामीले अल्ली धेरै नै बचन लगायौं कि भनेर मन पनि दुख्यो र मुसुक्क हाँसे मात्र र उनीहरु खेलेपछि एक खेल हामी आफ्नै एरियाका मान्छेहरु बोर्ड हान्यौ र फर्कियौ।

 

नेपालको राजनीतिमा यि पन्तिहरु धेरै चर्चामा आएका थिए खास गरि नेपालमा सरकार निर्माणको क्रममा भारतिय नेता तथा दुतावासको संग्लतालाई हिआउनको लागि संविधान निर्माणको लामो रस्साकस्सीमा यि पंतिहरु धेरै प्रयोगमा आए।

विस्तारै अहिले हाल सरकार निर्माणमा भारतिय सँगै चिनिया भुमिका पनि देखिन थालेपछि भने यि पङ्तिहरु अहिले अलि कम प्रयोग हुन थालेकाछन्।

 

नेपालको राजनीतिमा प्रयोगमा नआएपनि यि टुटेका फुटेका क्यारमबोर्डका गोटी अहिले मेरो जीवनका अभिन्न अंग जस्तै भएकाछन्। अचेल किर्तिपुरका कुनाकाप्चामा क्यारामबोर्ड र क्यारामे(क्यारामबोर्ड खेल्ने खेलाडीलाई परिभाषित गर्ने मैले प्रयोग गरेको शब्द तपाईहरुलाई जे मन लाग्छ त्यहि भन्न सक्नुहुन्छ) 

   म अहिले किर्तिपुर पाङ्गामा रहेको विष्णुदेवी मन्दिर र वैष्णवी देवि मन्दिरको बिचमा बस्छु जहाँ एउटा सानो पसलमा चिया र सामान्य खुजरा सामान पाइन्छ त्यहा एउटा ठिक्कको क्यारामबोर्ड छ र त्यहाँ म हरेकदिन क्यारामबोर्ड खेल्न जान्छु। त्यहाँ एक वोर्ड खेलेको ५० रुपैया लिन्छन्,दुई जनाको गरेर २५,२५ दिनुपर्छ। यो बोर्ड र पसलका मालिक लगभग ३५ वर्षका विवाहित विनोद हुन जो अहिले यो वडाका जनप्रतिनिधि समेत हुन्। उनी पहिले आफै पसल चलाउथे तर जनप्रतिनिधि भएपछि विभिन्न काममा जानुपर्ने भएकाले अहिले उनी पसलमा उनकी श्रीमती पनि आउने गर्छिन्। तर धेरैजसो भने विनोद दाई नै बस्ने गर्छन्। उनीहरुको बोर्डमा लगभग २ वर्ष देखि हामी यहि श्रेत्रमा मान्छेहरु खेल्न गर्छौ ।






Comments