Skip to main content

कसरी परिक्षण हुन्छ तरकारीको विषादी?

 (सेतोपाटी डट कममा मंगलबार, असार २४, २०७६ मा प्रकाशित मेरो पहिलो समाचार)

भारतबाट आयातित तरकारी र फलफूलको विषादी जाँच गर्ने निर्णयबाट सरकार पछि हटेसँगै चौतर्फी विरोध भएको छ। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय भएको भन्दै संघीय सांसदहरूले सदनमा आवाज उठाइरहेका छन्। 

तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न देशभर आठ ठाउँमा प्रयोगशाला छन्। तीमध्ये राजधानीको कालिमाटीमा पनि एउटा छ।

नेपालमा तरकारी तथा फलफूलमा भएको कार्बोनेट र अर्गानो फोस्फेट जाँच गरिन्छ। तरकारीको विषादी परिक्षण गर्न तीन मिनेटको समय लाग्छ। कालिमाटीमा तरकारी जाँच गरिरहेका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार एक बर्षमा कालिमाटीमा मात्र २९ सय वटा नमुना परिक्षणा भएका छन्। तर यसरी गरिने परिक्षणमा निकै थोरैमा मात्र बिषादी भेटिने गरेको छ। २९ सय वटा जाँच गर्दा चार वटा मात्र तरकारी प्रयोगका लागि अयोग्य भेटिएका छन्। 'त्यसमध्ये पनि दुइटा नष्ट गर्नुपर्ने भेटिएको थियो, दुई वटा क्वारेन्टाइनपछि प्रयोग गर्न मिल्ने थिए’ शर्माले सेतोपाटीसँग भने। 

कालिमाटी प्रयोगशालाले असारयता मात्र भारतबाट आयातित तरकारी फोलफूलको ८ सय वटा नमूना परीक्षण गरिसकेको छ। जसमा सबै तरकारी, फलफूल खानयोग्य नै रहेको शर्माले बताए। व्यापारीहरूले भारतबाट काँचो फलफूल ल्याउने गरेकाले विषादी नदेखिने उनले बताए। 'पकाउन पछि रसायन थप्ने गरेका हुन सक्छन्', शर्माले सेतोपाटीसँग भने।

कसरी थाहा थाहा हुन्छ तरकारीको विषादी? प्रस्तुत छ सेतोपाटीले तयार पारेको भिडिओ रिपोर्ट -



Comments