Skip to main content

दसैंको मुखमा विदेशिनेहरू के भन्छन्?

सेतोपाटीमा प्रकाशित मिति: शनिबार, असोज १८, २०७६


दसैंले छोपिसक्यो।

राजधानीका सडक खाली हुँदै छन्। राजधानीका प्रत्येक नाकामा दसैं मनाउन गाउँ जानेको भीड थामिनसक्नु छ। विदेशबाट स्वदेश फर्कनेको संङ्ख्या पनि उस्तै छ।

त्यो भीडभन्दा अलग एउटा छुट्टै जमात छ। जो दसैंकै मुखमा रोजगारीका लागि विदेश जाँदै छन्।

निधारमा टीका हातमा पासपोर्ट, टिकट र गहभरि आँसु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष छिर्ने सबैको उस्तै–उस्तै बध्यता छन्।

कसैलाई कम्पनीले यही समयमा रिटर्न टिकट पठायो, कोही यही समयमा कलेज पुग्नुपर्ने त कसैलाई मेनपावरले यही समयमा जाने उर्दी दियो।

एयरपोर्टको प्रस्थान कक्ष छिनै लाग्दा हामीले उनीहरूलाई सोधेका छौं।

दसैंको मुखमा किन विदेश जान लाग्नु भयो?

 


Comments