Skip to main content

प्याजको मूल्य बढ्दा महँगियो भान्सा

 सेतोपाटीमा प्रकाशित मितिः आइतबार, मंसिर १५, २०७६

प्याजको मूल्य बढ्दा नेपालीको भान्सा महङ्गो भएको छ। सामान्यतया प्रति केजी ४० रुपैयाँमा पाइने प्याज अहिले खुद्रा बजारमा २ सय पर्छ।

उत्पादन कमीका कारण भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा मूल्य बढेको हो। मंसिर १० गते खुद्रा बजारमा प्याजको मूल्य २५० रुपैँया प्रतिकिलो पुगेको थियो।

केही दिनयता भने प्याजको मूल्यमा सामान्य गिरावट आएको छ। भारतबाट नेपालले वार्षिक रुपमा साढे ५ अर्ब बराबरको प्याज आयात गर्ने गरेको छ।

पछिल्लो समय नेपाली बजारमा चीनबाट समेत प्याज आयात हुन थालेको छ । नेपालको आन्तरिक उत्पादनले मागको १ प्रतिशत बजार समेत ओगट्न सकेको छैन ।

नेपालको कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । तर त्यो उत्पादनले तीन महिना पनि धान्दैन ।

प्याज निर्यातमा भारतीय बन्देज यथावत छ । प्याज पुरानै मुल्यमा आउन समय लाग्ने देखिन्छ।

ओरिजिनल लिङ्कः https://www.setopati.com/multimedia/194667


Comments