Skip to main content

Posts

प्याजको मूल्य बढ्दा महँगियो भान्सा

 सेतोपाटीमा प्रकाशित मितिः आइतबार, मंसिर १५, २०७६ प्याजको मूल्य बढ्दा नेपालीको भान्सा महङ्गो भएको छ। सामान्यतया प्रति केजी ४० रुपैयाँमा पाइने प्याज अहिले खुद्रा बजारमा २ सय पर्छ। उत्पादन कमीका कारण भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा मूल्य बढेको हो। मंसिर १० गते खुद्रा बजारमा प्याजको मूल्य २५० रुपैँया प्रतिकिलो पुगेको थियो। केही दिनयता भने प्याजको मूल्यमा सामान्य गिरावट आएको छ। भारतबाट नेपालले वार्षिक रुपमा साढे ५ अर्ब बराबरको प्याज आयात गर्ने गरेको छ। पछिल्लो समय नेपाली बजारमा चीनबाट समेत प्याज आयात हुन थालेको छ । नेपालको आन्तरिक उत्पादनले मागको १ प्रतिशत बजार समेत ओगट्न सकेको छैन । नेपालको कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । तर त्यो उत्पादनले तीन महिना पनि धान्दैन । प्याज निर्यातमा भारतीय बन्देज यथावत छ । प्याज पुरानै मुल्यमा आउन समय लाग्ने देखिन्छ। ओरिजिनल लिङ्कः https://www.setopati.com/multimedia/194667
Recent posts

‘मैलेमात्र देश बनाउँछु’ भन्ने अहम् त्यागेँ : उज्वल थापा

  नेपाली नेताहरू सकेसम्म पद छाड्दैनन्। अझ कतिपय नेताहरू वर्षौंदेखि पार्टीको नेतृत्वमा छन्। तर विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले केही दिनअघि पार्टीको नेतृत्वमा नरहने घोषणा गरे। आफैंले जन्माएको पार्टीबाट उनले एकाएक नेतृत्व नलिने घोषणा गरे। विवेकशील नेपाली दलले मिलन पाण्डेलाई नयाँ अध्यक्षमा निर्वाचित गरिसकेको छ। 'अझ जुझारु, उर्जाशील नेतृत्व आओस् भनेर नेतृत्व छाडेको हुँ', थापाले सेतोपाटीसँग भने, 'नेतृत्व वा पदीय भूमिका भनेको एउटा शक्ति हो र त्यो शक्ति छाड्नुपर्दा हलुंगो र गह्रुंगो दुवै हुन्छ, गह्रुंगो यसकारण हुन्छ कि आफूले लिएको शक्ति अर्काले दुरूपयोग गर्ला कि! भन्ने हुन्छ। कतिपयले डरले शक्ति लिइराख्छन्। तर शक्ति लिइराख्दा त्यसको मातले दुरूपयोगको सम्भावना पनि हुनसक्छ।’ थापा अब पार्टी नेतृत्व छाडेर मध्यमार्गी लोकतान्त्रिक राजनीतिक धारको अभियानमा सामेल हुने बताउँछन्। 'म आफैंमात्र देश बनाउन सक्छु भन्ने अहम् मैले त्याग्नुपर्छ भन्ने जरुरी ठानेँ', थापाले सेतोपाटीसँगको कुराकानीमा भने, ‘हामी डराउनु पर्दैन, अरुले पनि देश बनाउन नविन सोच राख्न पाउँछन्।’ थापा

दसैंको मुखमा विदेशिनेहरू के भन्छन्?

सेतोपाटीमा प्रकाशित मिति: शनिबार, असोज १८, २०७६ दसैंले छोपिसक्यो। राजधानीका सडक खाली हुँदै छन्। राजधानीका प्रत्येक नाकामा दसैं मनाउन गाउँ जानेको भीड थामिनसक्नु छ। विदेशबाट स्वदेश फर्कनेको संङ्ख्या पनि उस्तै छ। त्यो भीडभन्दा अलग एउटा छुट्टै जमात छ। जो दसैंकै मुखमा रोजगारीका लागि विदेश जाँदै छन्। निधारमा टीका हातमा पासपोर्ट, टिकट र गहभरि आँसु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष छिर्ने सबैको उस्तै–उस्तै बध्यता छन्। कसैलाई कम्पनीले यही समयमा रिटर्न टिकट पठायो, कोही यही समयमा कलेज पुग्नुपर्ने त कसैलाई मेनपावरले यही समयमा जाने उर्दी दियो। एयरपोर्टको प्रस्थान कक्ष छिनै लाग्दा हामीले उनीहरूलाई सोधेका छौं। दसैंको मुखमा किन विदेश जान लाग्नु भयो?  

छुट्टीमा काठमाडौं आएर ‘लाइट बेलुन’ बेच्दै राजस्थानी बालबालिका

सेतोपाटीमा  प्रकाशित मेरो दोस्रो लेख, प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६ काठमाडौंका विभिन्न स्थानमा केही समययता साँझतिर भारतीय बालबालिका झिमिक्क झिमिक्क गरी बलिरहेको बत्ती (लाइट बेलुन) बेचिरहेका भेटिन्छन्। विशेषगरी उनीहरू बसपार्क, मान्छेहरूको भीडभाड भएका स्थानमा जान्छन् र ग्राहकलाई बत्ती किन्न आग्रह गर्छन्। काठमाडौंको कोटेश्वर चोकमा देखिएका केही भारतीय बालबालिका त्यही ‘लाइट बेलुन’ बेच्न भारतको राजस्थानबाट आएका हुन्। उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्। तर नेपालीमा सोधिने सामान्य प्रश्नका जवाफ दिन भने सक्छन्। यस्ता झिलिमिले बल बेच्न आउने अधिकाशं विद्यार्थी छन्। विद्यालयको छुट्टीमा उनीहरू परिवार तथा नातेदारसँग पैसा कमाउन काठमाडौं आएका हुन्। यसरी व्यापार गरेर उनीहरू दिनको एक हजारदेखि दुई हजारसम्म कमाउँछन्। एक महिनाअघि काठमाडौं आएकी १३ वर्षीया सकिना हरेक दिन साँझ कोटेश्वर चोक पुग्छिन् र रोकिएका गाडी नजिक पुगेर लाइट बल किन्न आग्रह गर्छिन्। 'दिनमा २० देखि २५ वटा लाइट बेलुन विक्री ह

कसरी परिक्षण हुन्छ तरकारीको विषादी?

 (सेतोपाटी डट कममा मंगलबार, असार २४, २०७६ मा प्रकाशित मेरो पहिलो समाचार ) भारतबाट आयातित तरकारी र फलफूलको विषादी जाँच गर्ने निर्णयबाट सरकार पछि हटेसँगै चौतर्फी विरोध भएको छ। जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय भएको भन्दै संघीय सांसदहरूले सदनमा आवाज उठाइरहेका छन्।  तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न देशभर आठ ठाउँमा प्रयोगशाला छन्। तीमध्ये राजधानीको कालिमाटीमा पनि एउटा छ। नेपालमा तरकारी तथा फलफूलमा भएको कार्बोनेट र अर्गानो फोस्फेट जाँच गरिन्छ। तरकारीको विषादी परिक्षण गर्न तीन मिनेटको समय लाग्छ। कालिमाटीमा तरकारी जाँच गरिरहेका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार एक बर्षमा कालिमाटीमा मात्र २९ सय वटा नमुना परिक्षणा भएका छन्। तर यसरी गरिने परिक्षणमा निकै थोरैमा मात्र बिषादी भेटिने गरेको छ। २९ सय वटा जाँच गर्दा चार वटा मात्र तरकारी प्रयोगका लागि अयोग्य भेटिएका छन्। 'त्यसमध्ये पनि दुइटा नष्ट गर्नुपर्ने भेटिएको थियो, दुई वटा क्वारेन्टाइनपछि प्रयोग गर्न मिल्ने थिए’ शर्माले सेतोपाटीसँग भने।  कालिमाटी प्रयोगशालाले असारयता मात्र भारतबाट आयातित तरकारी फोलफूलको

‘द गुड डक्टर’ सिरिज हेरेपछि‍...

केहि समय देखि मैले अंग्रेजी भाषाको सिरिज   ‘ द गुड डक्टर’ हेरिरहेको छु। सिरिजमा एउटा अटिजमले ग्रस्त डक्टरले कसरी आफ्ना विभिन्न अफ्ठ्याराहरुलाई पन्छ्याउदै उत्कृष्ट ढंगले विरामीहरुको उपचार गर्न सफल हुन्छ भन्ने देखाउछ। मैले सामाजिक सन्जालमा एउटा सानो भिडिओ क्लिप हेरेर यो सिरिज हेर्ने निर्णय गरेको थिए। एअरपोर्टमा अकस्मात सिसाको होर्डिङ खसेर फुट्छ र एउटा बच्चालाई लागेर सिकिस्त घाइते हुन्छ। उक्त बच्चाको उपचारको लागि प्यासेन्जर मध्यको कोही आएर उसको घाँटीमा कुनै कपडाको मद्दतले प्रेसर दिन्छ तर ‘सान मर्फी’ले यसले उसलाई मार्ने र यसो नगर्न भन्दै घाँटी भन्दा माथि प्रेसर दिन भन्छ। र बच्चाको पेटमा सिसाले गडेको हुँदा घाउ बनेको हुन्छ। जसको उपचार छिट्टै गर्नुपर्नेहुन्छ तर एम्बुलेन्स आउन समय लाग्ने हुँदा अरु विकल्प खोज्नुपर्छ। मर्फि भन्ने पात्रले एउटा रक्सीको बोटलमा छुट्टै प्रकारको Resuscitative endovascular balloon occlusion of the aorta ‘रिबोआ’ बनाउछ र बच्चालाई बचाउछ। जुन दृश्य देखर मैले सिरिज हेर्ने निर्णय गरेको थिए। रक्सीको बोटलमा बच्चाले फेर्ने सास फिल्टर भएर जान्छ जुन हेर्दा अत्या

क्यारामबोर्डका गोटीसँग मिल्दोजुल्दो जिन्दगी

नेपालका चर्चित कवि भुपि शेरचनको एउटा कविता छ ‘ हामी ’ जसमा कुनै पन्तिमा शेरचनले भनेकाछन्ः   हामी आफुखुसी कहिल्यै मिल्न नसक्ने कसैले मिलाईदिनुपर्ने , हामी आफुखुसी कहिल्यै छुट्टिननसक्ने कसैले छुट्यादिनुपर्ने हामी आफुखुसी कहिले अगाडी बढ्न नसक्ने कसैले पछाडीबाट हिर्काउनेपर्ने , हिडाउनुपर्ने हामी रंगरोगन छुटेका , टुटेका , फुटेका पुरानो क्यारामबोर्डका गोटी हौ‍ …     यो कथासँग भुपिको कुनै साइनो छैन मात्र यो एउटा स्थानीय क्यारमबोर्डको खेलको कथा हो। हामी खेल्ने किर्तिपुर , पाँगाको क्यारमबोर्डमा गोटीहरु फुटेका छैनन् यहाको स्टाईकरमात्रै फुटेको छ। तपाई सोच्नुहोला यसमा कुनै अर्कै अर्थ छ कि जसरी भुपिले भनेकाछन्। तर यहाँ साच्चै नै क्यारमबोर्डका गोटीमा समस्या छैन स्टाइकरमा मात्रै छ। स्टाइकरको सानो भएर र हान्दा हान्दा छेउछाउबाट फुटीसकेको छ तर पनि हामीहरु यि गोटीहरुलाई मिलाई मिलाई स्ट्राइकरले हानेर दुलो भित्र छिराउछै र आनन्द लिन्छौ। यो स्थानीय क्यारामबोर्डको कथा हो जहाँ हामी खेल्छौ र क्यारमबोर्ड खेल्दा हाम्रो खर्च सामान्यतय बोर्डका मालिक विनोद दाईलाई ५० प्रति खेल तिर्ने मात्र हो। म क्यारमबोर्ड खेल्न ल